एमाले अध्यक्ष ओली टोलीसहित आज बाढी प्रभावित नुवाकोट जाने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार बाढी प्रभावित नुवाकोट जाने भएका छन्।एमालेले दिएको जानकारीअनुसार त्यसअघि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा अध्यक्ष ओलीले रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ।अनि यसलगत्तै उनी पार्टीका नेताहरूसहित नुवाकोटको विदुरलगायत बाढी प्रभावित क्षेत्रमा जाने कार्यक्रम छ।
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







