धादिङबेसी पुनः सडक सञ्जालमा जोडियो
धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ।पृथ्वी राजमार्गबाट धादिङबेसी जाने मुख्य पुल भदौ १० को बाढीले बगाउँदा सडक सञ्जालमा अवरुद्ध भएको थियो। परेवाटार-नेपालटार-गजुरीटार-पिपलटार-आदमटार-बेलिनटारकेउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोडिने सडक सञ्चालनमा आएसँगै धादिङ सदरमुकाम धादिङबेसी पुनः सडक सञ्जालमा जोडिएको सडक विभागका प्रवक्ता शुभराज न्याैपानेले जानकारी दिए।
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







