शीतल निवासमा राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। सोमबार शीतल निवासमा उनीहरूबीच छलफल भएको हो।भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्धार र राहतका लागि भइरहेका गतिविधिबारे रास्वपा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका थिए।त्यसअघि सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए।
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







