सुदूरपश्चिममा गौरा पर्व सुरु, पहिलो दिन 'बिरुडा पञ्चमी' मनाईयो
डडेल्धुरा : सुदूरपश्चिमको मौलिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको गौरा पर्व मंगलबारदेखि विधिवत् रूपमा सुरु भएको छ। मगंलवार भाद्र शुक्ल पञ्चमीका दिन घरघरमा बिरुडा भिजाएर यस वर्षको गौरा पर्वको सुरुआत गरिएको हो।गौरा पर्वको पहिलो दिन ‘बिरुडा पञ्चमी’ मनाईएको छ। आजको दिनमा व्रतालु महिलाहरूले तामाको भाँडामा मास, कलौँ, गहत, गहुँ र गुरुस गरी पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाउने गर्दछन्।
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







