विद्युत प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित पक्राउ
काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र,इटहरीमा कार्यरत इन्जिनियर कृष्णनारायण यादवलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।विद्युत् लाइन जडानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो।यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







