माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङबाट सञ्जय साहसहित अहिलेसम्म २ जनाको जिवितै उद्धार
माथिल्लो त्रिशूली ३ एको सुरुङभित्रबाट अहिलेसम्म २ जनाको उद्धार भएको छ। उद्धार गरिएका एक जना सञ्जय साह रहेका छन्। उनीसहित अर्का एक जनाको सुरुङमा थुनिएको १० दिनपछि जीवितै उद्धार गरिएको हो। सुरुङ भित्रबाट अरु पनि जीवित छन् भन्ने जानकारी प्राप्त भएको उद्धार कर्ताले बताएका छन्। अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ।
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







