ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागीमा संलग्न दुई जना पक्राउ
हुम्ला : ताँजाकोट गाउँपालिका–३ चाखुरेमा रहेको गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता युवराज ढकालको संयोजकत्वमा गठित छानविन समितिले यही भदौ ७ गते राति करिब १ बजेको समयमा गाउँपालिकाको कार्यालयमा आगलागी भएको घटनामा संलग्न भएको पुष्टि भएपछि उनिहरुलाई पक्राउ गरिएको प्रवक्ता ढकालले बताए।
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







