गल्छी-बैरेनी सडक खुलाउन सुरक्षाकर्मी र स्थानीय सक्रिय
धादिङको गल्छी-बैरेनी सडक खुलाउने प्रयास सुरु भएको छ। बिहीबार बिहान सशस्त्र प्रहरी र स्थानीयले अवरुद्ध सडक खुलाउने प्रयास सुरु गरेका हुन्। त्रिशूली नदीमा भीषण बाढी आएपछि बुधबार बिहानैदेखि यो सडक अवरुद्ध छ। सडकमा जमेको लेदोसहितका अवरोध हटाएर राजमार्गमा गाडी सञ्चालनको तयारी भइरहेको प्रहरीले जनाएको छ।
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







