सुनचाँदीकै मूल्य घट्यो
आज सुनचाँदीकै मूल्य घटेको छ। सुनको मूल्य आज प्रतितोला एक हजार दुई र चाँदीको मूल्य १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको भाउ प्रतितोला तीन लाख २० हजार नौ सय र चाँदीको मूल्य चार हजार ९६५ कायम भएको छ। हिजो सुनको मूल्य प्रतितोला तीन लाख २२ हजार एक सय र चाँदीको मूल्य चार हजार ९७५ रुपैयाँ कायम भएको थियो।
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







