Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
जीवनशैली

बाढी प्रभावितका लागि नेपालगन्ज उद्योग वाणिज्य संघको ५ लाख ५१ हजार सहयोग

बाढी प्रभावितका लागि नेपालगन्ज उद्योग वाणिज्य संघको ५ लाख ५१ हजार सहयोग
स्रोत: Annapurna Post

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। विनाशकारी बाढी आएपछि केही दिन अगाडि संघको निवर्तमान कार्य समितिले संस्थागत रुपमा १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। संघको नवनिर्वाचित कार्यसमितिका अध्यक्ष, पदाधिकारी, सदस्य र कर्मचारीहरुले व्यक्तिगत रुपमा आइतबार थप ४ लाख रुपैयाँ सहयोग गरेका हुन्।  

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।