जंगलमा लुकाएर राखिएका तीन थान बन्दुक बरामद
विराटनगर: मोरङको मिक्लाजुङ गाउँपालिका–६, लालमारीस्थित मयुर सामुदायिक वनबाट प्रहरीले तीन थान भरुवा बन्दुकका साथै तिनमा प्रयोग हुने विभिन्न सामग्री बरामद गरेको छ ।वन क्षेत्रमा चोरी-शिकार हुने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले आइतबार साँझ गस्ती गरेको थियो । सोही क्रममा जंगलको झाडीमा शंकास्पद अवस्थामा लुकाएर राखिएको एउटा बोरा फेला परेको प्रहरीले जनाएको छ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







