कर्णाली शिवराजले भित्र्यायो अर्का विदेशी खेलाडी आर्टसियोम कुड्रासोउ
कर्णाली शिवराजले आगामी नेपाल भलिबल लिगका लागि दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ।कुड्रासोउ आउटसाइड हिटर पोजिसनमा खेल्नेछन्।उनको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको छ।यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ।
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







