खुल्यो पृथ्वी राजमार्ग
मलेखुपट्टि पोखरी, बांगे र गलौदीमा ७०० मिटर लेदो हटाएसँगै पृथ्वी राजमार्ग खुलेको छ।आज (शुक्रबार) बेलुकी राजमार्ग खुलेको सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिए।पृथ्वी राजमार्गको गल्छी बैरेनी खण्ड बिहीबार बेलुकीदेखि एकतर्फी यातायात सञ्चालन भएको थियो। पुल बगाएर बाटो पनि छोपेको जरिखेत खण्डको पनि गेग्रान हटाई यातायात सञ्चालन गरिएको विभागले जनाएको छ।
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







