बाढीको चौथो दिन ३८ चिनियाँ र ५ भारतीयसहित थप २०८ जनाको हेलि उद्धार
रसुवा बाढीको चौथो दिन नेपाली सेनाले थप २०८ जनाको हेलिकप्टरबाट उद्धार गरेको छ। सेनाले दिएको जानकारीअनुसार ४३ विदेशी नागरिकको उद्धार आज एकैदिन गरिएको हो। जसमा ३८ चिनियाँ र ५ जना भारतीय नागरिक छन्। आज एकै दिन उनीहरुसहित थप २०८ जनाको उद्धार भएको हो। सेनाले ७ हजार फौजलाई उद्धारमा परिचालन गरेको छ।
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







