इन्डोनेसियामा ज्वालामुखी विस्फोट : ३ हजार उडान प्रभावित,३ लाख ५० हजार यात्रु अलपत्र
काठमाडौं : इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि लगभग तीन हजार उडानहरू प्रभावित भएका छन्। विमानस्थल सञ्चालन बन्द हुँदा ३ लाख ५० हजारभन्दा बढी यात्रु अलपत्र परेका छन्।राजधानी जकार्ताबाट करिब १५० किलोमिटर टाढा रहेको अनक क्राकाटाउ ज्वालामुखी शुक्रबार राति अबेर विस्फोट भएको थियो। यसका कारण लाभाका फोहोराहरू निस्कन थाले र ज्वालामुखीबाट निस्केको खरानी राजधानी जकार्ता र लाम्पुङ प्रान्तसम्म पुगेका छन्।
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







