रसुवागढी जलविद्युत् केन्द्र थुनिएको भन्दै धुन्चे फर्कियो उद्धार टोली
रसुवागढी जलविद्युत् आयोजनाभित्र थुनिएका मान्छेसम्म जान नसकिने भन्दै उद्धार टोली धुन्चे फर्किएको छ।विद्युत् प्राधिकरणका एक कर्मचारीका अनुसार रसुवागढी जलविद्युत् परियोजनामा भोटेकोसी बाढीले सबै थुनिएको र त्यहाँ जान नसकिने भन्दै उद्धार टोली धुन्चे फर्किएको खबर प्राप्त भएको जानकारी दिएका छन्।रसुवागढी आयोजनाबाट हराइरहेका ९३ जनाको खोजी भइरहेपनि सबै थुनिएको भन्दै उद्धार टोली धुन्चे फर्किएको छ।
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







