बाढीपीडितहरुको लागि चितवन को–ई ग्रुपको सहयोग
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चितवन को–ई ग्रुपले १ करोड ५० लाख सहयोग प्रदान गरेको छ। ग्रुपले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। उक्त सहयोगमा ग्रुप अन्तर्गतको मनकामना दर्शन प्रालिले १ करोड २५ लाख तथा चितवन मिल्क लिमिटेडले २५ लाख प्रदान गरेका हुन्।
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







